फोनिज बागमतीको प्रदेश महाधिवेशन सफल बनाउन जिल्लास्तरीय उपसमिति गठन

तामसालिङ खबर
१६ पुष २०७८, शुक्रबार १८:५८

पुष, हेटौंडा – नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) मकवानपुरले फोनिज प्रदेश महाधिवेशन तयारीका लागि विभिन्न उपसमितिहरु गठन गरेको छ ।

फोनिज मकवानपुरको शुक्रबार बसेको बैठकले आर्थिक व्यवस्थापन उपसमिति, खान बस्न व्यवस्थापन उपसमिति, अतिथी स्वागत तथा सत्कार उपसमिति र अधिवेशन प्रचारप्रसार उपसमिति गठन गरेको हो ।

संघका कोषाध्यक्ष सन्देश थिङ्गको संयोजकत्वमा नवराज वाइबा, दिल बहादुर लामा, मिना श्रेष्ठ र भुवन घलान लगायत सदस्य रहने गरि आर्थिक व्यवस्थापन उपसमिति, मकवानपुर अध्यक्ष अशोक सुजन श्रेष्ठको संयोजकत्वमा सदस्यहरु नवराज वाइवा र दिलबहादुर लामा रहेको खाना-बस्न व्यवस्थापन उपसमिति, सह-सचिव मनिता राना मगरको संयोजकत्वमा सदस्यहरु रुपा गुरुङ्ग र जमुना थिङ्ग रहेको अतिथी स्वागत तथा सत्कार उपसमिति र उपाध्यक्ष नवराज वाइवाको संयोजकत्वमा सदस्यहरु मञ्जरी बलामी र राजकुमार स्याङ्बो रहेको प्रचार/प्रसार उपसमिति गठन गरेको हो ।

फोनिज मकवानपुर अध्यक्ष श्रेष्ठले फोनिज बागमती प्रदेशको दोस्रो अधिवेशन यहि पुष २१ र २२ गते हेटौंडामा गर्ने तय भइसकेकाले उक्त अधिवेशनलाई भव्यताका साथ सफल बनाउन पनि जिल्लास्तरीय उपसमितिहरु गठन गरिएको बताए । उनले अधिवेशनका लागि प्रदेशस्तरीय उपसमितिहरु संग शुक्रबार गठित जिल्लास्तरीय उपसमितिले समन्वय गर्ने बताए ।

अध्यक्ष श्रेष्ठको अध्यक्षतामा बसेको बैठकमा फोनिज केन्द्रिय प्रतिनिधि सुरेश श्रेष्ठ, प्रदेश प्रतिनिधि मिना श्रेष्ठ , बागमती प्रदेश अनुशासन संयोजक दिलबहादुर लामा लगायत जिल्ला समितिका पदाधिकारी तथा सदस्यहरुको उपस्थिती रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*