भ्वाइस अफ किड्स: जेनिस उप्रेती उत्कृष्ट ८ मा पर्न सफल

तामसालिङ खबर
२५ पुष २०७८, आईतवार ०८:३२

पुष, हेटौंडा – सुमधुर स्वरका धनी जेनिश उप्रेती हिमालय टेलिभिजनबाट प्रशारण भईरहेको नेपालकै चर्चित रियालिटी सो द भ्वाइस अफ किड्सको फाईनलमा प्रवेश गर्नुभएको छ । भर्खरैं सम्पन्न द भ्वाइस अफ किड्स सिजन वानको लाईभ शो सेमिफाईन राउण्ड पार गर्दे जेनिशले फाईनलको यात्रा पक्का गर्नुभएको हो ।

सिजन वानमा दमदार प्रस्तुति दिदै दर्शक तथा कोचको मन जित्दै आएका मकवानपुरे जेनिस उप्रेती उत्कृष्ट ८ मा पर्न सफल हुनुभएको छ । दर्शकको भोटको आधारमा टिम प्रमोदमा रहनु भएका जेनिश उत्कृष्ट ८ मा पर्न सफल हुनुभएको हो ।

जेनिस भ्वाइस अफ किड्सको उत्कृष्ट १६ मा थिए । हिजो राती ८ बजेसम्म दर्शकले गरेको भोटको आधारमा जेनिश उत्कृट ८ मा पर्नुभएको छ। दर्शकको भोटको आधारमा आज ८ जना बाहिरिएका छन् । जेनिश संगैं ८ जना फाईनल राउण्डमा प्रवेश गरेका छन् ।

अब जेनिशलाई द भ्वाईस किड्सको उपाधी जित्न दर्शकको माया साथसाथै अत्याधिक भोटको समेत आवश्यक पर्दछ । फाईनल राउण्डमा प्रवेश गरेपछी दर्शक र निर्णायकलाई आभार व्यक्त गर्दै जेनिशले आफुलाई भोट गरेर उपाधी जिताउन सहयोग गर्न अनुरोध गर्नुभएको छ । जेनिश लोकप्रिय गायक प्रमोद खरेलको टिममा रहेका छन् ।

 

यसमा तपाइको मत

Your email address will not be published.


*