काभ्रेकी मनिषा घिमिरे युएईमा सर्वोत्कृष्ट नर्सको उपाधीद्वारा सम्मानित

तामसालिङ खबर
२६ पुष २०७८, सोमबार ०७:५५

पुष, दुबई – युएईमा कार्यरत नेपाली नर्स मनिषा घिमिरे यस बर्षको उत्कृष्ट नर्स उपाधीले सम्मानित हुनुभएको छ । रसअलखैमह को शेख खलिफा हस्पिटलमा कार्यरत नर्स मनिषा घिमिरेलाई अल तामायुज मेडिकल हेल्थ केयर कम्पनीले नगद पुरस्कार सहित वनर्स इम्प्लोई द ईएर अवार्ड ले सम्मानित गरेको हो ।

फिलिपिन्स, भारत, क्यामरुन, घाना लगायतका १९ देशका ३ सय भन्दा बढी नर्स कार्यरत उक्त कम्पनीमा नेपाली ५ जना नर्स कार्यरत छन । हामी नेपालीहरु आफ्नो काममा ईमानदार हुन्छौ भन्नेबारे प्रमाणित गरेको छु, अवार्ड ले सम्मानित हुन्दा खुशी लागेको छ : घिमिरे ले भन्नुभयो ।

काममा निपुर्ण र ईमानदार भएको भन्दै कम्पनीले घिमिरेको उच्च मुल्यांकन गरेर सम्मानित गरेको आयोजक सस्थाले जानकारी दिएको छ । नेपालको काभ्रेपलान्चोक घर भएकी घिमिरे ६ बर्षदेखी युएईमा कार्यरत हुनुहुन्छ । हाल युएईमा १० हजार भन्दा नर्स कार्यरत छन भने करिब ५० हजार भन्दा बढी महिला कामदार रहेका छन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*