लाखौं लिएर मोक्तान दम्पती फरार, पिडित भन्छन, नखाएको ऋण तिर्नु परेको छ ।

तामसालिङ खबर
२६ पुष २०७८, सोमबार १३:००

पुष, सिरहा – सिराहा जिल्ला गोलबजार नगरपालिका वडा नम्बर १० बुद्ध चोकका शितल प्रसाद लामा मोक्तान र उनकी श्रीमती चन्दा माया लामा बिगत ६ वर्ष देखी फरार रहेका छन । विभिन्न वितिय संस्थामा सदस्य रहेको र त्यहाँबाट लाखौ पैसा लिएर फरार रहेको पीडित सदस्यहरुले बताएका छन् ।

वितिय संस्थाबाट ऋण लिएर फरार रहेको दम्पतीको ऋण वितिय संस्थाका सदस्यहरुले तिर्नु परेको र समानधित निकायलाई गुहार्दा समेत केही सुनुवाई नभएको उनीहरु बताउँछन । मोक्तान दम्पती हेटौडा स्थित कमानेमा बस्दै आएको जानकारी प्राप्त भएको पीडितहरुले बताएका छन ।

आफुुले नखाएको ऋण तिर्नु पर्दा घरपरिवारबाट गाली र संस्थाबाट टचर खेप्नु पर्दा आत्माहत्या गर्न समेत पुग्नै लागेको एक समुहका सदस्यले बयान दिए । ‘पिडित महिलाहरु भन्छन,- ‘एउटा मात्र होइन स्वाबलम्बन लघु वितिय संस्था लिमिटेड गोलबजार,छिमेकी विकास बैक गोलबजार, निर्धन उत्थान बैक लिमिटेड सिरहा चोक, नयाँ चोहार्वा ,ग्रामिण बिकास बैक मिर्चैया , डिप्रोश बिकाश बैक सिरहा चोक नयाँ चोहार्वा , लगायत १२ वटा वितिय संस्थामा हामीले उसले खाएको ऋण तिर्न पर्छ ।’

आँखा भारी आशु झार्दै पीडित भन्छन- ‘हामी मजदुुरी गरेर साहुसँग रिन लिई तिर्नुु परेको छ । अब हामी यसरी तिर्न सक्दैनौ, बरु त्यो मान्छेलाई हामी खोज्छौ भनेर वितिय संस्थाका सरहरुलाई भन्दा पनि मान्नु भएन । तपाईहरु हामीलाई सयोग गर्नुुस भन्दा पनि समय दिनुु हुुन्न ।’

वितिय संस्थाका सदस्यहरुले खेत धितो राखेर तिर्नु परेको छ त कसैले पशु चौपया बेचेर । ‘अहिले हामीले केही संस्थाहरुको ऋण चुक्ता पनि गरी सकेका छौ । अब ती संस्थाहरु मौन छन् किन भने संस्थालाई पैसा सँग मात्र मतलब हुँदो रहेछ ।’ पीडित भन्छन । – उज्यालो नेटवर्कबाट

यसमा तपाइको मत

Your email address will not be published.


*