तामाङ पत्रकारिता पुरस्कार स्थापना गर्न दुई लाख सहयोगको घोषणा

तामसालिङ खबर
१ माघ २०७८, शनिबार ११:०६

माघ, काठमाडौं – तामाङ सोसाइटी अफ नर्थ अमेरिका (टिएसएनए) का अध्यक्ष लक्यान लामा र मिडिया संयोजक ङिमा लामा पाख्रिनले तामाङ पत्रकारिता पुरस्कार स्थापना गर्न एक/एक लाख रुपैयाँ सहयोगको घोषणा गर्नुभएको छ ।

काठमाडौंमा शुक्रबार तामाङ पत्रकार संघले दुई संस्थाबीच हुन सक्ने सहकार्यको सवालमा आयोजना गरेको छलफलमा लामा र पाख्रिनले उक्त सहयोग घोषणा गर्नुभएको हो । छलफलमा तामाङ सोसाइटी अफ नर्थ अमेरिका अध्यक्ष लक्यान लामाले संघले विषयवस्तुको आधारमा अघि सारिने योजनाहरुमा सहयोग गर्ने आश्वासन दिनुभयो ।

समाज परिवर्तनका लागि संचारक्षेत्र र संचारकर्मीको ठूलो भूमिका रहेको भन्दै अध्यक्ष लामाले तामाङ समाज परिर्वतनमा तामाङ पत्रकारको योगदानप्रति आभार प्रकट गर्नुभयो । संघ तथा तामाङ पत्रकारलाई आफ्नो समुदायको आवाज निरन्तर उठाउन आग्रह गर्दै उहाँले समस्यामा तामाङ सोसाइटी अफ नर्थ अमेरिका र व्यक्तिगत तर्फबाट सक्दो सहयोग रहने विश्वास दिलाउनुभयो ।

तामाङ सोसाइटी अफ नर्थ अमेरिका मिडिया संयोजक तथा अग्रज पत्रकार ङिमा पाख्रिनलाई संघको तर्फबाट सम्मान गरिएको थियो । संघका सल्लाहकारसमेत रहनुभएका पाख्रिन तामाङले पत्रकार संघलाई निरन्तर रुपमा सहयोग गर्दै आउनु भएको छ । उहाँले पनि तामाङ पत्रकार संघ र तामाङ सोसाइटी अफ नर्थ अमेरिका (टिएसएनए) बिच संस्थागत सहकार्यलाई अघि सार्ने बताउनुभयो ।

छलफल कार्यक्रममा संघका सल्लाहकारद्वय अमरध्वज लामा, प्रतिक ङेसुर तामाङ, पूर्वअध्यक्ष जगत दोङ, निर्वतमान अध्यक्ष विष्णु तामाङ, संघका वरिष्ठ उपाध्यक्ष बुद्ध योञ्जनले दुई संस्थाबीच संचालन गरिने कार्यक्रम र सहकार्यबारे सुझाव दिनुभएको थियो ।

संघका महासचिव तिर्थ बलले संचालन गर्नुभएको कार्यक्रममा अध्यक्ष सुवास योञ्जनले स्वागत मन्तव्य राख्नुभएको थियो भने विषयवस्तुबारे उपाध्यक्ष नेत्र तामाङले प्रकाश पार्नुभएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*