मकवानपुर च्याम्बर अफ कमर्शको अध्यक्षमा न्यौपाने
चैत्र, हेटौंडा – मकवानपुर च्याम्बर अफ कमर्शको अध्यक्षमा माधव न्यौपाने निर्विरोध निर्वाचित भएका छन् । संस्थाको अध्यक्ष बिजयकुमार श्रेष्ठको सभाध्यक्षता तथा नेपाल च्याम्बर अफ कमर्शका केन्द्रिय सदस्य तथा वाणिज्य सभापतिको प्रमुख आतिथ्यतामा सम्पन्न दोस्रो साधारणसभा तथा प्रथम अधिवेशनबाट न्यौपानेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको छ ।
संस्थामा कविन सांगामी उपाध्यक्ष, रबिन्द्र घिमिरे महासचिव, शेखर थपलिया सचिव, शम्भु पुडासैनी कोषाध्यक्ष बिबेक भण्डारी सहकोषाध्यक्ष रहेका छन् भने कार्यसमिति सदस्यहरुमा सञ्जय गुप्ता, शर्मिला श्रेष्ठ, पारसमणि थिङ, सन्तोष खतिवडा, हरिशरण सुवेदी, गंगाप्रसाद पौडेल, राजेश अग्रवाल, शुशान्त खतिवडा, शिवनारायण श्रेष्ठ र लक्ष्मी नारायण श्रेष्ठ चयन भएका छन् ।

२१ सदस्यीय कार्यसमिति रहेको संस्थामा १ महिलासहित ३ सदस्यहरु कार्यसमितिको बैठकबाट मनोनित गरिने अध्यक्ष न्यौपानेले बताए ।कार्यक्रममा बोल्दै केन्द्रीय सदस्य तथा बाणिज्य सभापति राईले उद्योगि व्यवसायीलाई सहजरुपमा काम गर्ने बातावरण बनाई दिन नेपाल सरकारसँग आग्रह गरेका छन् ।
त्यस्तै नेपाल चेम्बर अफ कमर्श बागमती प्रदेशका अध्यक्ष सिद्धिलाल श्रेष्ठले कोभिडको मारमा परेका केही उद्योगि,व्यवसायी अझै उठन नसक्दा उनीहरुलाई राज्यले बिशेष सुबिधा दिनु पर्नेमा जोड दिएका छन् ।
नवनिर्वाचित अध्यक्ष न्यौपाने उद्योग,बाणिज्य क्षेत्रमा अनुभवि व्यक्तित्व साथै मकवानपुर उद्योग वाणिज्य संघका निवर्तमान वरिष्ठ उपाध्यक्ष समेत हुन् ।






