तामाङ घेदुङको संघीय सदस्यमा मकवानपुरका तीन जना निर्वाचित
चैत्र, हेटौडा – नेपाल तामाङ घेदुङको नवौं संघीय महाधिवेशनबाट मकवानपुरका तीन जना केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्। फागुन २९ गतेदेखि काठमाण्डौंमा सुरु भएको महाधिवेशनमा मंगलबार राती सम्पन्न निर्वाचनबाट मकवानपुरका तीन जना केन्द्रीय सदस्यमा निर्वाचित भएको हो ।
निर्वाचित हुनेमा तामाङ घेदुङ मकवानपुरका पुर्व अध्यक्ष मेम्बर लो, जिल्ला सह-सचिव लक्ष्मी पाख्रिन (डोल्मा) र बागमती प्रदेश सचिवालय सदस्य सुवास लामा रहेका छन् ।
महाधिवेशनबाट अध्यक्षमा पुन : मोहन गोले तामाङ्ग निर्वाचित भएका छन् । गोलेको नेतृत्वमा २१ पदाधिकारी निर्वाचित भएका छन्।
सह-अध्यक्षमा कुमार घिसिङ्ग, वरिष्ठ उपाध्यक्षमा रामकृष्ण ब्लोन उपाध्यक्षमा सोमबले तामाङ, नरबहादुर मोक्तान, धर्म डुम्जन, मानबहादुर तामाङ, दिपक वाइबा महिला उपाध्यक्षमा सनञ्चकुमारी ब्लोन, सिता लामा महासचिव काजीमान थिङ उपमहासचिवमा जगतमान दोङ, हर्कमान तामाङ सचिवमा जयमान वाइवा, गोमानसिं तामाङ, बेलबहादुर तामाङ, बिनाकुमारी माम्बा कोषाध्यक्षमा रुपबहादुर योन्जन र सह-कोषध्याक्षमा सावित्री तामाङ निर्वाचित भएका छन् ।







