हेटौंडा सिमेन्टको महाप्रबन्धकमा ३ जनाको नाम सिफारिस

तामसालिङ खबर
२३ चैत्र २०७८, बुधबार १७:५१

चैत्र, हेटौंडा – हेटौंडा सिमेन्ट उद्योग लिमिटेडको महाप्रबन्धक पदमा तीन जनाको नाम सिफारिस भएको छ ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा गठित छनोट समितिले वसन्तकुमार पाण्डे, भरत रेग्मी र भूपेन्द्रप्रसाद अर्यालको नाम सिफारिस भएको हो ।

महाप्रबन्धक नियुक्तिका लागि गत माघ २६ गते सूचना प्रकाशन गरिएको थियो। उक्त पदका लागि १२ जनाले आवेदन दिएका थिए।

ती मध्ये उत्कृष्ट तीन जनाको नाम मन्त्रिपरिषद्‍मा सिफारिस भएको हो। मन्त्रिपरिषद्‍को आगामी बैठकले एक जनालाई महाप्रबन्धकमा नियुक्त गर्नेछ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*