मनहरीका मोक्तानले जिते, करातेमा स्वर्ण पदक

चैत्र, हेटौडा (मनहरी) – पश्चिम मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर ६ सुनाचुरी निवासी महसुस मोक्तानले प्रथम कृष्ण प्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगिताको एकल कातामा स्वर्ण पदक जितेका छन् ।
ललितपुरमा भएको प्रतियोगिताको पहिलो दिन आफ्नो प्रतिद्वन्दीलाई हराउदै महसुस च्याम्पियन बनेका हुन् । यस अघि मोक्तानले २ वर्ष अघि काठमाडौमा भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) का टिम काताका स्वर्ण पदक समेत जितेका थिए । फाइनलमा महसुसले २४.८ अंक जोडेका थिए । मोक्तान हाल नेपाल पुलिसमा कार्यरत छन।