टी-२० विश्व वरीयतामा नेपालको सुधार

तामसालिङ खबर
२९ चैत्र २०७८, मंगलवार ०७:०५

चैत्र, काठमाण्डौ – आइसिसी पुरूष टी-२० टिम वरीयतामा नेपालले सुधार गरेको छ। अघिल्लो महिनाभन्दा एक स्थान माथि उक्लदै नेपाल १२ औं स्थानमा छ।

नेपालभन्दा तल युएई १३औं, स्कटल्यान्ड, १४औं र आयरल्यान्ड १५ औं स्थानमा छन् । शीर्ष स्थानमा भारत छ । दोस्रो स्थानमा इंग्ल्यान्ड छ भने पाकिस्तान तेस्रो स्थानमा, न्युजिल्यान्ड पाँचौ र अस्ट्रेलिया छैटौं स्थानमा छन् । वेस्ट इन्डिज सातौं, अफगानिस्तान आठौ, बंगलादेश नवौं, श्रीलंका दशौं र जिम्बावे एघारौं स्थनमा छ।

नेपालले पछिल्लो यहि महिना घरेलु मैदानमा पपुवा न्युगिनी र मलेसियाबिरूद्धको त्रिकोणात्मक टी-२० सिरिजमा लिग चरणमा चार र फाइनलमा गरी लगातार पाँच खेलमा जित हात पारेको थियो ।

त्यसअघि नेपालले विश्वकप छनोटमा समूह चरणमा ओमान, फिलिपिन्स र क्यानडालाई पराजित गरेको थियो । सेमिफाइनलमा भने नेपाल युएई सँग हारेको थियो । यहिँ खेलमा पराजित हुँदा नेपाल विश्वकपमा छनोट हुन असफल भएको थियो । तेस्रो स्थानको खेलमा नेपालले ओमानलाई पराजित गरेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*