पालुङ्ग बहुमुखी क्याम्पसको १९ औं वार्षिकोत्सव सम्पन्न

तामसालिङ खबर
२९ चैत्र २०७८, मंगलवार ०६:३१

चैत्र, हेटौडा (थाहा नगर) – पालुङ्ग बहुमुखी क्याम्पसको पाँचौ परिषद सभा तथा १९ औं वार्षिक उत्सव समारोह सोमबार पालुङ्ग जेसिज हलमा सम्पन्न भएको छ । पालुङ्ग क्याम्पस संचालक समितिको अध्यक्ष बिष्णु बिष्ट “आदर्श”को सभापतित्वमा भएको समारोहमा थाहा नगरपालिकाको मेयर लबशेर बिष्टको प्रमुख आतिथ्यतामा भएको हो।

समारोहलाई शुभकामना दिदै संघसंस्थाको तर्फबाट पालुङ्ग बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष पुर्शोत्तम कार्की ले २०४८ सालमा एकमत हुन नसक्दा नगरमा क्याम्पस खोल्न पाँच बर्ष ढिलो भएको स्मरण गर्दै नजिकको तिर्थ हेला जस्तै क्याम्पस भएको बताउदै पालुङ्ग क्याम्पसले गुणस्तरीय शिक्षा दिन्छ भन्ने सबै तिर पुर्याउनु आजको आबश्यकता भएको र पालुङ्ग बहुउद्देश्यीय सहकारीले छात्रवृत्ति दिदै सहयोग गरिएको बताउनु भयो ।

त्यस्तै, सुरेन्द्रमान प्रधानले विद्यार्थी संख्या बढ्न नसक्नु चिन्ताको विषय भएको बताउदै नगरको बिकासको पुर्वाधार मध्य क्याम्पस भएको र क्याम्पसको बिकासको लागि संचालक समितिको मात्र मुख ताकेर बस्न नहुने, प्रबिधि मैत्री शिक्षालाई जोड दिदै क्याम्पस लाई अपनत्वको भावना बिकास गराइ ,क्याम्पस को निति तथा कार्यक्रम परिमार्जन गर्ने बेला भएको मा जोड दिदै नगरका ६२ वटा विद्यालयमा अध्ययन गर्ने विद्यार्थी उच्च शिक्षा लिन कहाँ जान्छन भनेर खोज्नुपर्ने मा जोड दिनुभयो।

त्यस्तै गरि, माओवादी केन्द्र थाहा नगरका अध्यक्ष बिनोद कुमार लामाले समाजमा भएको शैक्षिक संस्था कत्तिको उत्कृष्ट छ भन्ने मापक त्यहा रहेका राजनीतिक दलहरु कत्तिको उत्कृष्ट छ्न भन्ने देखाउने हुदा क्याम्पसको शैक्षिक तथा भौतिक प्रगती मापक हुने बताए ।

नेकपा एमाले थाहा नगर अध्यक्ष अच्युत्तम प्रसाद ढकालले पालुङ्गमा क्याम्पस स्थापना गर्नुपर्छ भनेर दिलोज्यान लगाउने तत्कालीन दामन पालुङ आर्थिक बिकास समिति का अध्यक्ष बाशुदेव बिष्टलाई बिर्सनु नहुने बताउदै त्यतिबेला १५ लाखको बजेटमा शिक्षालाई महत्वपूर्ण दिदा अहिले १ अर्बको बजेट हुदा शिक्षालाई कति छुट्टायौ समिक्षा गर्ने बेला भएकोमा जोड दिनुभयो । नेपाली काङ्ग्रेसका नेतृ राममाया खत्रीले क्याम्पसले गुणस्तरीय शिक्षामा जोड दिनुपर्ने भन्दै शुभकामना दिनुभयो।

जीवन र जगतलाई बुझ्ने र समाज प्रतिको उत्तरदायित्व हुने शिक्षा नै आजको आबश्यकता भएको औल्याउँदै, आर्थिक अभावले पालुङ्ग क्याम्पस बन्द हुन नदिने बताउदै आजको आबश्यकता प्रबिधीमैत्री शिक्षामा नगर अगाडि बढ्न तयार रहेको र यसको लागी हातेमालोको आबश्यक रहेको समारोहको थाहा नगरपालिका प्रमुख लबशेर बिष्टले बताउनु भयो।

समारोहमा प्रमुख अतिथि लबशेर बिष्टले क्याम्पसद्वारा प्रकाशित पालुवा स्मारिका बिमोचन गरिएको थियो भने १९ औ बर्ष प्रवेशको उपलक्ष्यमा आयोजित सप्ताहब्यापी अतिरिक्त कृयाकलापमा उत्कृष्ट हुनेलाइ प्रमाणपत्र बितरण गरियो भने बिबिएस संकायमा उत्कृष्ट अंक ल्याउने विद्यार्थी बिकेस गोपाली तथा राकेश प्रधानलाइ सम्मानित गरिएको थियो।

त्यस्तै, विषयगत प्राध्यापकद्वय सतोष हमाल र सवलद्दिन मियालाई पनि सम्मान गरियो । २३ जना विद्यार्थीलाई विभिन्न संघसंस्था तथा ब्यक्तिले छात्रवृत्ति प्रदान गरिएको थियो।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*