खेलकुद महासंघ मकवानपुरको अध्यक्षमा पुनः सविन मुक्तान चयन

बैशाख, हेटौडा – नेपाल खेलकुद महासंघ मकवानपुरको तेस्रो अबिधेशनबाट पुनः सविन मुक्तानलाई अध्यक्षमा चयन गरेको छ । मुक्तानको अध्यक्षतमा ३३ सदस्यीय नयाँ जिल्ला कार्यसमिति चयन गरेको हो ।
कमिटिको उपाध्यक्षमा बिक्रम लामिछाने र रुपा ढुंगाना, सचिवमा संगीत श्रेष्ठ, सह-सचिवमा रोशन ठकुरी र आशिष थापा मगर र कोषाध्यक्ष केदार थिङ चयन भएका छन् ।
नेकपा एमाले केन्द्रीय कमिटी सदस्य एवं जिल्ला इन्चार्ज रामेश्वर रानाको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनमा नेकपा एमाले प्रदेश कमिटी सदस्य एवं संविधान सभा सदस्य अनन्त पौडेल, प्रदेश सदस्य बलराम बल, जिल्ला अध्यक्ष एकालाल श्रेष्ठ, खेलकुद महासंघ स्थायी कमिटी सदस्य धरम बहादुर लामा, सचिबालय सदस्य दिपक न्यौपाने लगायतको आतिथ्यता रहेको थियो ।