मनहरीको बोटे बस्तीमा ६६ वटा ट्युबवेल धारा वितरण

तामसालिङ खबर
४ बैशाख २०७९, आईतवार ०८:४३

बैशाख, हेटौडा (मनहरी) – मनहरी गाउँपालिका वडा नम्बर ७ मा रहेको बोटे बस्ती र सुकुम्बासी बस्तीमा ट्युबवेल धारा बितरण गरिएको छ ।

माओवादी केन्द्र बागमती प्रदेश कमिटीका सदस्य तथा बागमती प्रदेश सभा सदस्य ओम बहादुर ग्लानको विशेष पहलमा प्रदेश सरकारबाट प्राप्त ९ लाख ८४ हजार रुपियाँको लागतमा ६६ वटा ट्युबवेल धारा बोटे र सुकुम्बासी बस्तीमा बसोबास गर्नेहरूलाई शनिबार एक कार्यक्रमको आयोजना गरि वितरण गरिएको हो ।

ट्युबवेल धारा वितरण गर्दै ग्लानले माओवादीले कुरा भन्दा काममा बिस्वास गर्ने बताए । हामी गफ कम गर्छौ तर काम भने जनताको चाहना अनुरुप गर्छौ, उनले भने ।

पाँच वर्ष वित्नै लाग्द समेत मानिसलाई दैनिक रुपमा चाहिने शुद्ध पानीको ब्यबस्थापन गर्न स्थानीय सरकार चुकेको बताए । हामीले उहाँहरुको अधिकारलाई हनन नहोस् भन्दै धारा वितरण गरिए हो ,अब आउने स्थानीय सरकारले यस्तो गल्ती दोहोराउन नहुने बताए ।

ट्युबवेल धारा पाए संगै बोटे समुदाय र सुकुम्बासी बस्तीका स्थानीयहरु हर्षित भएका छन । अरुको आगनमा गएर पानी भर्ने समस्या हटेको भन्दै उनीहरुले धन्यवाद व्यक्त गरे ।

माओवादी केन्द्र बागमती प्रदेश कमिटीका सदस्य तथा बागमती प्रदेश सभा सदस्य ओमबहादुर गलानको प्रमुख आतिथ्यमा भएको कार्यक्रम, प्रदेश सचिवालय सदस्य वीरबहादुर घलान (ज्वाला ), प्रदेश सदस्य सीता पुलामी, मनहरी ७ का वडाअध्यक्ष ठाकुराम तितुङ, समाजसेवी खुसी लाल मुक्तान, माओवादी केन्द्र मनहरी गाउँकमिटीका उपाध्यक्ष दिलबहादुर स्याङ्बो, पार्टीका ७ नम्बर अध्यक्ष गोबिन्द गलान, नेता बाबुराम थिङ र उमेश राई लगाएतका उपस्थिती थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*