भोलि हेटौंडामा जर्नालिजम अवार्ड हुँदै, १३ क्रियाशिल पत्रकारलाई अवार्ड प्रदान गरिने
बैशाख, हेटौंडा – मकवानपुरमा पत्रकारिता गरिरहेका पत्रकारहरुलाई हौसला प्रदान गर्नुका साथै नयाँ पुस्ताका पत्रकारलाई समेत प्रेरणा होस् भन्ने उद्देश्यले तेस्रो र चौथो हेटौंडा जर्नालिजम अवार्ड २०७९ हुने भएको छ ।
यहि बैशाख १० गते शनिबार (भोलि) हुन गइरहेको जर्नालिजम अवार्ड कार्यक्रममा विभिन्न विधामा मकवानपुरका १३ क्रियाशिल पत्रकारहरुलाई अवार्ड प्रदान गरिनेछ भने प्रत्येक विधामा अवार्डसँगै ५ हजार रुपैयाँ नगद सहित प्रमाणपत्र प्रदान गरिने न्यु मिडिया एकेडेमीका अध्यक्ष मणिराज गौतमले बताए । तर, उत्कृष्ट पत्रकार बर्ष अवार्डलाई भने नगद १० हजार रुपैयाँ र प्रमाणपत्र प्रदान गरिने उनले बताए ।
कार्यक्रममा उत्कृष्ट पत्रकार बर्ष अवार्ड २०७९ पुरुष, उत्कृष्ट पत्रकार बर्ष अवार्ड २०७९ महिला, उत्कृष्ट खेलकुद पत्रकारिता बर्ष अवार्ड २०७९, उत्कृष्ट कला पत्रकारिता बर्ष अवार्ड २०७९ प्रदान गरिने भएको छ । यसैगरी उत्कृष्ट खोज पत्रकारिता बर्ष अवार्ड २०७९, उत्कृष्ट आर्थिक पत्रकारिता बर्ष अवार्ड २०७९, उत्कृृष्ट रेडियो पत्रकारिता बर्ष अवार्ड २०७९, उत्कृष्ट नवप्रवेशी पत्रकारिता बर्ष अवार्ड २०७९ महिला र उत्कृष्ट नवप्रवेशी पत्रकारिता बर्ष अवार्ड २०७९ प्रदान गरिने छ । यस्तै, उत्कृष्ट अनलाइन पत्रकारिता बर्ष अवार्ड २०७९, उत्कृष्ट टेलिभिजन पत्रकारिता बर्ष अवार्ड २०७९, उत्कृष्ट सम्पादक बर्ष अवार्ड २०७९ र उत्कृष्ट क्रियाशील पत्रकारिता बर्ष अवार्ड २०७९ प्रदान अवार्ड कार्यक्रमका संयोजक श्रीराम अर्जुनले बताए ।
न्यू मिडिया एकेडेमीले बागमती प्रदेशको राजधानी हेटौंडाबाट सिधाखबर डटकम अनलाईन पत्रिका निरन्तर सञ्चालन गरिरहेका छन् भने दुई पटक हेटौंडा जर्नालिजम अवार्ड प्रदान समेत गरिसकेका छन् ।






