मकवानपुर जिल्ला फुटबल संघमा लामा विजयी

तामसालिङ खबर
११ बैशाख २०७९, आईतवार ०६:१६

बैशाख, हेटौँडा – मकवानपुर जिल्ला फुटबल संघको अध्यक्षमा टीकाराम लामाको प्यानलनै निर्वाचित भएका छ । शनिबार हेटौंडामा भएको संघको सातौं अधिवेशनबाट वर्तमान अध्यक्ष समेत रहेका लामाले अध्यक्षका प्रत्यासी मणिष श्रेष्ठलाई पराजित गरेका हुन् ।

लामाले १९ मत प्राप्त गर्दा श्रेष्ठले ९ मत प्राप्त गरे । उपाध्यक्षमा अरुण बल (२३), युवराज लामा (२१ ) र अजय मानन्धर (१८ ) मत सहित विजयी भए ।

उपाध्यक्षका उम्मेदवार राजकुमार श्रेष्ठले १४ र नवराज बज्राचार्यले ८ मत प्राप्त गरे । फुटबल संघको कार्यसमिति सदस्यमा विकेशलाल श्रेष्ठ (२५ ) आशिष थापा (२५), राजाराम थोकर (२४ मत), आलोक स्याङ्तान (२४), पुष्पराज पुडासैनी (२३), सचिन्द्र लामा (२३), सचिन राई (२३) दिनेश चौलागाई (२३), कृष्ण केसी (२०) र नवराज तिमल्सिना (१९) मत सहित विजयी भए । महिला सदस्यमा एलिसा आले विजयी भइन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*