मनहरी गाउँपालिकाको अध्यक्ष बन्न ४ स्वतन्त्र सहित ११ जनाको उम्मेदवारी दर्ता, उपाध्यक्षमा भने ७ जना

तामसालिङ खबर
१३ बैशाख २०७९, मंगलवार ११:०९

बैशाख, हेटौंडा (मनहरी) – पश्चिम मकवानपुरको मनहरी गाउँपालिकामा अध्यक्ष पदका लागि ४ स्वतन्त्र सहित ११ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

आइतबार र सोमबार भएको उम्मेदवारी दर्ता गर्ने क्रममा अध्यक्षका लागि एघारा जना र उपाध्यक्षको लागि सात जनाले उम्मेदवारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृतको कार्यालय, लामिटारले जनाएको छ ।

अध्यक्ष पदको लागि नेपाली काँग्रेसबाट रन्जन कालाखेती, नेकपा एमालेबाट एकराज उप्रेती, नेकपा एकीकृत समाजवादीबाट नारायण श्रेष्ठ, नेपाली काँग्रेस (बिपी) बाट शंकर न्यौपाने, जनता समाजवादी पार्टिबाट गब्रेल प्रजा ,राष्ट्रिय प्रजातन्त्र पार्टीबाट चन्द्रबहादुर पौडेल ,सचेत नेपाली पार्टिबाट नवराज आचार्य लगायत रहनु भएको छ ।

यस्तै, स्वतन्त्र उम्मेदवारहरुमा साधुराम अधिकारी, रामप्रसाद कालाखेती, साधुराम पोख्रेल र श्यामकृष्ण बर्तौलाले उम्मेदवारी दर्ता गराउनुभएको छ ।

यसैगरि, उपाध्यक्ष पदका लागि नेकपा माओवादी केन्द्रबाट सीता पुलामी मगर, नेकपा (एकिकृत समाजवादी) बाट मनिला विष्ट, नेकपा एमालेबाट सुजिता थिङ, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट मायाकुमारी न्यौपाने, नेकपा मालेबाट शिवहरी उप्रेती, नेपाली कांग्रेस (विपी) बाट जानुकी लामा र स्वतन्त्रतर्फ भुमिनन्दन अर्जेल क्षेत्री रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*