वेबसाइट मापन गर्ने एलेक्सा र्याङ्किङ बन्द

बैशाख, एजेन्सी – वेबसाइट र्याङ्किङ् मापन गर्दै आएको साइट एलेक्सा आधिकारिक रूपमा बन्द भएको छ ।
विगत २५ वर्ष देखि सञ्चालनमा रही वेबसाइटमा आउने ट्राफिकका आधारमा विश्वभरका साइटहरूलाई र्याङ्क गर्दै आएको अमेजनको सहायक कम्पनी एलेक्साले आज मे १ बाट आधिकारिक रूपमा बन्द भएको घोषणा गरेको छ।
नेपालमा पनि उक्त साइट प्रयोग गरेर विभिन्न ठुला देखि साना वेबसाइटहरूले आफ्नो साइट र्याङ्क हेर्दै आइरहेका थिए भने विज्ञापन दाताहरूले पनि यसै साइटको माध्यम बाट र्याङ्क हेर्दै विज्ञापन उपलब्ध गराउने गराएका थिए।
एलेक्साले कुनै पनि वेबसाइटको सर्च इन्जिन अप्टमाइजेसन (एसइओ), अन्य प्रतिस्पर्धी कम्पनीको वेबसाइटको एनालिटिक डेटा समेत उपलब्ध गराउँदै आएको थियो । यो बन्द भए सँगै ग्राहक तथा विज्ञापन दाताहरू अन्योलमा परेका छन्।
एलेक्सा बन्द भए सँगै अबदेखि एलेक्सामा कुनै पनि साइटको र्याङ्क देखिने छैन।