सुमीतको ‘बाधीँ राख’ गीत सार्वजानिक (भिडियो)

तामसालिङ खबर
२४ बैशाख २०७९, शनिबार ०६:२७

बैशाख, हेटौडा – मोडलिङबाट गायन क्षेत्रमा आएका हेटौंडाका सुमीत श्रेष्ठको बाधीँ राख गीत सार्वजानिक भएको छ । शुक्रबार हेटौंडाको ओम्याक्स हलमा गीतको भिडियो सहित सार्वजानिक गरिएको हो ।

भिडियो सार्वजानिक गर्दै गायक श्रेष्ठले संगीत क्षेत्रलाई चलायमान गर्न गायन क्षेत्रमा आफु लागेको बताए । आधा दर्जन भन्दा बढी गीतमा अभिनय गरि सकेका श्रेष्ठले गायन मार्फत आफु परिचत हुन खोजेको बताएका छन् ।

भिडियोमा सुरज गौतम र सन्ध्या आचार्यले अभिनय गरेका छन् । भिडियोलाई सागर श्रेष्ठको निर्देशन, छायांकन र सम्पादन रहेको छ । मकवानपुरको विभिन्न स्थानमा खिचिएको भिडियोलाई मकवानपुरमै पोड्क्सन गरिएकोले अर्गानिक भिडियो बनेको निर्देशक श्रेष्ठले बताए ।

सुमीतले स्वर भरेको गीत प्रशान्त शिवाकोटीले लेखेका हुन् भने उनले संगीत समेत भरेका छन् ।

भिडियो हेर्नुहोस् –

यसमा तपाइको मत

Your email address will not be published.


*