मादक पदार्थ बिक्री वितरणमा निषेध

तामसालिङ खबर
२५ बैशाख २०७९, आईतवार १६:०४

बैशाख, काठमाडौँ – जिल्ला प्रशासन कार्यालय काठमाडौँले निर्वाचनको समयमा मदिराजन्य पदार्थ बिक्री वितरण तथा सेवन गर्न बन्देज लगाएको छ ।

कार्यालयले आज एक सूचना जारी गर्दै २०७९ वैशाख ३० गते हुन गईरहेको स्थानीय तह निर्वाचन, २०७९ सञ्चालन तथा व्यवस्थापनका लागि मदिराजन्य पदार्थ बिक्री वितरण तथा सेवनमा बन्देज लगाएको जनाएको छ ।

जस अनुसार स्थानीय तह निर्वाचन निर्देशिका २०७३ को दफा ७१ मादक पदार्थ निषेध गर्ने मा भएको व्यवस्थाको प्रभावकारी कार्यान्वयनको लागि मिति २०७९/०१/२७ गते मंगलबार राती १२:०० बजे देखि मतदान कार्य सम्पन्न नभएसम्मका लागि मदिराजन्य पदार्थ बिक्री वितरण तथा सेवन कार्य नगर्नु रनगराउन जिल्ला प्रशासन कार्यालयले निर्देशन दिएको छ ।

त्यस्तै मतदानको दिन अत्यावश्यक सेवामा सञ्चालित र अनुमति लिएका सवारी साधनहरु बाहेकका सवारी साधनहरु बिहान ६स्०० बजेदेखि मतदान कार्यसम्पन्न नभएसम्म सञ्चालन नगर्नुरनगराउनु हुन कार्यालयले आग्रह गरेको छ ।

सूचना विपरितका कार्य तोकिएको अवधिमा गरेरगराइएको पाइएमा कानून बमोजिम कारवाही गरिने जिल्ला प्रशासन कार्यालयले उल्लेख गरेको छ।

यसमा तपाइको मत

Your email address will not be published.


*