राष्ट्रपति भण्डारीद्वारा दुई अध्यादेश जारी

तामसालिङ खबर
२५ बैशाख २०७९, आईतवार १७:२७

बैशाख, काठमाडौ – राष्ट्रपति विद्यादेवी भण्डारीले दुई अध्यादेश जारी गरेकी छन् । आइतबार संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा अध्यादेश जारी गरेकी हुन् ।

राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा औषधि (तेस्रो संशोधन) अध्यादेश र स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी (पहिलो संशोधन) अध्यादेश स्वीकृत भएको उल्लेख गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*