हेटौंडामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु
बैशाख, हेटौडा – मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्बर १५ मा मोटरसाइकलको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।
सोमबार साँझ हेटौंंडा – १५ मा ना ४६ प २२७७ नम्बरको मोटरसाइकलले पैदलयात्री ६० वर्षीया मनमाया पाख्रिनलाई ठक्कर दिदा मृत्यु भएको हो ।
उक्त मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते उनको उपचारको क्रममा हेटौंडा–११ स्थित चुरेहिल अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
ठक्कर दिने मोटरसाइकल इलाका प्रहरी कार्यालय पशुपतिनगरको नियन्त्रणमा रहेको चालक फरार रहेकोले खोजी कार्य भइरहेको जनाइएको छ।






