कक्षा १२ को परीक्षा – मकवानपुरमा १२ ओटा परीक्षा केन्द्र तोकियो

तामसालिङ खबर
२७ बैशाख २०७९, मंगलवार ०९:१९

बैशाख, हेटौडा – राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यलयले जेठ १६ गतेदेखि सञ्चालन हुने कक्षा १२ को वार्षिक परीक्षाको परीक्षा केन्द्र निर्धारण गरेको छ । राष्ट्रिय परीक्षा बोर्डको २३ गते बसेको बैठकले परीक्षा केन्द्र निर्धारण गरेको हो ।

बोर्डले मकवानपुर जिल्लाका लागि १२ ओटा परीक्षा केन्द्र निर्धारण गरेको छ । मकवानपुर जिल्लामा मकवानपुर बहुमुखी क्याम्पस, आधुनिक राष्ट्रिय मावि, हेटौँडा क्याम्पस, ज्ञानदा मावि, भुटनदेवी मावि, बालज्योति मावि, सिद्धार्थ मावि, वंशगोपाल मावि, निर्मल मावि बस्तीपुर, पालुङ बहुमुखी क्याम्पस, प्रगति मावि र त्रिभुवन माविलाई परीक्षा केन्द्र तोकिएको छ ।

वंशगोपाल मा.वि. चौघडा केन्द्रमा ज्योति मा.वि. हर्नामाडी, जनप्रिय मा.वि. चिसापानी, चण्डिका मा.वि. मकवानपुरगढी, भानु मा.वि. मक्राञ्चुली, बालबोध मा.वि. हटियाको परीक्षा केन्द्र परेको छ ।

यसैगरी निर्मल मा.वि. वस्तीपुर केन्द्रमा महेन्द्र किरण मा.वि. ज्यामिरे,महेन्द्र ज्योति मा.वि हाडिखोला, राष्ट्रिय रोटरी मा.वि. मनहरी, सुर्योदय मा.वि, राक्सिराङ्गको परीक्षा केन्द्र परेको छ ।

पालुङ बहुमुखी क्याम्पसमा जनकल्याण मा.वि. पालुङ, ब्रजवाराही मा.वि. थाहाचोक टिष्टुंग, स्वच्छन्द भैरव मा.वि. चित्लाब–२,नाटेश्वर मा.वि, टौंखेल,सुन्दरीदेवी मा.वि, थाहा–७, बागेश्वरी मा.वि. थाहा नगरपालिका–११, को परीक्षा केन्द्र परेको छ ।

प्रगति मा.वि.हेटौँडा ९ पशुपतिनगरमा महेन्द्र मा.वि.पदमपोखरी, चन्द्रोदय मा.वि. बहादुरगंज कमाने जनज्योति मा.वि. चुरियामाई, चुरियामाई मा.विको परीक्षा केन्द्र परेको छ ।

त्रिभुवन मा.वि., नवलपुरमा निर्मल मा.वि. वस्तीपुर, महेन्द्र किरण मा.वि. वसामाडीको परीक्षा केन्द्र निर्धारण गरिएको छ । मकवानपुर बहुमुखी क्याम्पसमा हेटौडा स्कूल अफ म्यानेजमेन्ट हेटौडा, आधुनिक राष्ट्रिय मा.वि.मा मकवानपुर बहुमुखी क्याम्पस, नियमित तर्फका सम्पूर्ण परीक्षार्थीहरुको केन्द्र परेको छ ।

यसैगरी हेटौंडा क्याम्पसमा मकवानपुर बहुमुखी क्याम्पस, हेटौँडा,मकवानपुरको कक्षा १२ आंशिक तर्फका सम्पूर्ण परीक्षार्थीहरू भुटनदेवी मा.वि, महेन्द्र मा.वि. छतिवन, कृष्ण मा.वि, भैँसेको परीक्षा केन्द्र तोकिएको छ ज्ञानदा मा.वि.मा तुलसीमेहर मेमोरियल, सिद्धार्थ मा.वि. हेटौंडाको परीक्षा केन्द्र परेको छ ।

भुटनदेवी मा.वि.मा हेटौडा क्याम्पसको परीक्षा केन्द्र तोकिएको छ । बालज्योति मा.वि, पिप्लेमा वंश गोपाल मा.वि.चौघडा, जनता मा.वि. फापरवारी, बुद्ध मा.वि. हात्तिसुँडे, देवकी मा.वि बागमती, बाग्मती मा.वि.को परीक्षा केन्द्र परेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*