मनहरी ५ भोजसिद्ध माबिको मतदान केन्द्रमा मतदान प्रक्रियाको तयारी पुरा
बैशाख, हेटौडा (मनहरी) – भोलि शुक्रबार हुने स्थानीय तहको निर्वाचनको तयारी मनहरी गाउँपालिकाको वडा नम्बर ५ स्थित श्री भोज सिद्ध माध्यमिक बिद्यालयमा रहेको मतदान केन्द्रको तयारी पुरा भएको छ ।
३ वटा बुथ रहेको सो बिद्यालयमा (क) बुथको निर्वाचन अधिकृत अञ्जना सुबेदी, (ख) बुथमा तिर्थराज घिमिरे र (ग) बुथमा मुकुन्द प्रसाद भट्टराई रहेको छ ।
२ हजार ७ सय १० जना मतदाता रहेको ५ नम्बर वडामा १ हजार ४ सय १४ जना पुरुष र १ हजार २ सय ९६ जना महिला मतदाता रहेको बुथ (ग) का निर्वाचन अधिकृत मुकुन्द प्रसाद भट्टराईले बताउनु भयो ।
कमर्चारी परिचालन देखि सुरक्षा व्यवस्था तयारी सम्पूर्ण भैसकेकोले भोलि बिहान ७ बजे नै मतदान प्रक्रिया शुरु भई बेलुका ५ बजे चल्ने अधिकृत भट्टराईले बताउनु भयो ।









