मनहरीमा १९ हजार ५ सय ४ जनाले मतदान गरे

तामसालिङ खबर
३० बैशाख २०७९, शुक्रबार २२:३२

बैशाख, हेटौंडा (मनहरी) – शुक्रबार भएको स्थानीय तहको निर्वाचनमा मनहरी गाउँपालिकामा १९ हजार ५ सय ४ जनाले मतदान गरेका छन ।

मनहरी गाउपालिका निर्वाचन अधिकृत पुर्णबहादुर दर्जीका अनुसार वडा नम्बर १ मा १ हजार ७ सय ८७ मत, वडा नम्बर २ मा १ हजार  ४ सय ८३ मत, वडा नम्बर ३ मा २ हजार ७ सय ५४, वडा नम्बर ४ मा १ हजार ५ सय ८९, वडा नम्बर ५ मा २ हजार ९, वडा नम्बर ६ मा २ हजार ९ सय ३४ मत, वडा नम्बर ७ मा २ हजार ९ सय ८४ मत, वडा नम्बर ८ मा १ हजार ५ सय २४ मत र वडा नम्बर ९ मा २ हजार ४ सय ४० मत सहित जम्मा १९ हजार ५ सय ४ जान अर्थात ७३ प्रतिशतले मतदान गरेको बताउनु भयो ।

गाउँपालिकाको ९ वटै वडामा शान्तिपूर्ण वातावरणमा मतदान भएको निर्वाचन अधिकृत पूर्णबहादुर दर्जीले बताउनुभयो ।
मनहरी ३ लामिटारस्थित मनहरी गाउँपालिकाको सभाहलमा ९ वटै वडाको मतपेटिका आइसकेको छ ।

अहिले मतपेटिकाको रुजु गर्ने क्रम अन्तिम चरणमा छ । लगत्तै सर्वदलीय बैठक बसी राती १२ बजे भित्रमा मतगणना गरिने निर्वाचन अधिकृत दर्जीले बताउनु भयो ।

यसमा तपाइको मत

Your email address will not be published.


*