मतगणनाका लागि मनहरीमा सर्वदलिय बैठक बस्दै
बैशाख, हेटौंडा (मनहरी) – शुक्रबार भएको स्थानीय तह निर्वाचनको मतगणनाको लागी मनहरी गाउपालिकामा सर्वदलिय बैठक सुरु भएको छ ।
मनहरी गाउँपालिका वडा नम्बर तीन लामिटार स्थित निर्वाचन कार्यालयमा वैठक सुरु भएको हो ।
वैठकमा निर्वाचन अधिकृत पुर्ण बहादुर दर्जिले मतगणना निर्देशिकामा रहेको आचारसंहिता सम्पूर्ण दलका प्रतिनिधिहरुलाई स्पष्ट पार्नुभएको छ ।
वैठकमा निर्वाचन आयोगद्वारा निर्धारित व्यवस्था बाहेक अन्य कुनै हिसाबले गरिएको मतदान वदर गरिने विषयमा छलफल भएको हो ।
अब यस पछिको प्रक्रिया अनुरुप मतगणना सुरु गरिने बताईएको छ । मनहरी गाउँपालिकामा १९ हजार ५ सय ३ जनाले मतदान गरेका छन् ।