मनहरीको मतगणना वडा नम्बर १ बाट गर्ने निर्णय, मतगणना केही बेरमा शुरु हुने

बैशाख, हेटौंडा (मनहरी) – मनहरी गाउपालिकाको मतगणना वडा नम्बर १ बाट शुरु गर्ने भएको छ ।
गाउपालिकाको सर्वदलीय बैठकले मनहरी वडा नम्बर १ बाट सुरु गरिने निर्णय भएको हो । मतगणना वडा नम्बर १, २, ३ हुँदै क्रमशः ९ नम्बर वडासम्मको गरिने निर्णय गरेको छ ।
मतगणना केही बेरमै सुरु हुने भएको छ । मनहरी गाउँपालिकामा १९ हजार ५ सय ३ जनाले मतदान गरेका छन् ।