मनहरी गाउँपालिकामा मतगणना कार्य शुरु

तामसालिङ खबर
३१ बैशाख २०७९, शनिबार ०२:३५

बैशाख, हेटौंडा (मनहरी) – पश्चिम मकवानपुरको मनहरी गाउँपालिकामा मतगणना शुरु भएको छ । सर्बदलिय बैठकको निर्णय पछि मनहरी वडा नम्बर १ बाट मतगणना कार्य राति २:३० बजे देखि शुरु भएको हो ।

२ हजार ६ सय १६ जना मतदाता रहेको वडा नम्बर १ मा १ हजार ७ सय ८८ जनाले मतदान गरेका थिए । प्रत्येक १ सयको सख्या गणना भएपछी नतिजा बारे जानकारी दिने निर्वाचन अधिकृत पूर्णबहादुर दर्जीले बताउनु भयो।

आचारसंहितामा उल्लेख रहेको भन्दै मतगणना स्थलमा पत्रकारलाई फोटो खिच्न निषेध गरिएको छ । यस पटकको निर्वाचनमा मनहरी गाउँपालिकामा १९ हजार ५ सय ३ जनाले मतदान गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*