मनहरीमा गठबन्धनको अग्रता, वडा तर्फ कांग्रेस फराकिलो मतले अगाडी
बैशाख, हेटौडा (मनहरी) – मनहरी गाउँपालिका वडा नम्बर १ को ३ सय मतगणना गर्दा गठबन्धनले पालिकामा अग्रता कायम गरेको छ । गठबन्धनका नेपाली कांग्रेसले १ सय ४२ मत प्राप्त गरेका छन् भने र नेकपा (माओवादी केन्द्र) को उपाध्यक्षले ७० मत प्राप्त गरेका छन् ।
दोस्रोमा नेकपा एमालेबाट अध्यक्षमा ६४ मत प्राप्त गरेका छन् भने उपाध्यक्षमा ५६ मत प्राप्त गरेका छन् । यस्तै नेकपा (एकिकृत समाजवादी) बाट अध्यक्ष ४१ मत प्राप्त गरेका छन् भने उपाध्यक्षमा ५९ मत प्राप्त गरेका छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टिबाट अध्यक्षले ३ मत प्राप्त गरेका छन् भने उपाध्यक्षले ३ मत प्राप्त गरेका छन् ।
वडाअध्यक्ष तर्फ नेपाली कांग्रेसले १ सय ४९ मत प्राप्त गरी अग्रता कायम गरेका छन् । नेकपा एमालेको ६०, नेकपा (एकिकृत समाजवादी) को ५९, मंगोलले ५ र राप्रपाले २ मत प्राप्त गरेका छन् ।






