मकवानपुरमा पहिलो महिला वडाध्यक्षको रुपमा कमला वाइबा बिजयी

तामसालिङ खबर
१ जेष्ठ २०७९, आईतवार २३:५३

जेठ, हेटौँडा (बकैया) – मकवानपुरमा पहिलोपटक जनप्रतिनिधिको रुपमा महिला वडाध्यक्ष बिजयी भएको छ।

पूर्वि मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर १० मा गठबन्धनबाट उम्मेदवार बनेकी कांग्रेसकी कमला वाइबा विजयी भएकी छिन् । वाइबाले ८ सय १६ मत ल्याउदै नेकपा एमालेका उम्मेदवारलाई पराजित गरेकी हुन् ।

एमाले उम्मेदवारले ४ सय ६६ मत प्राप्त गरे । विजयी वडाध्यक्ष वाईवा यसअघिको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट गाउँपालिका उपाध्यक्षमा पराजित भएकी थिईन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*