मनहरी ५ मा नेकपा माओवादी केन्द्रका दिपेन्द्र अधिकारी बिजयी

तामसालिङ खबर
२ जेष्ठ २०७९, सोमबार १६:०५

जेठ, हेटौडा (मनहरी) – मनहरी गाउँपालिका वडा नम्बर ५ मा नेकपा माओवादी केन्द्र बिजयी भएको छ ।

सोमबार अप्राहन्न मनहरी ४ लामिटारमा रहेको निर्वाचन अधिकृतको कार्यालयको सभाहलमा गणना भएको अन्तिम मत परिणामले वडा अध्यक्ष माओवादीका दिपेन्द्र अधिकारी बिजयी भएको हो। यो संगै माओवादी केन्द्रले मनहरी गाउँपालिकामा बिजयी गर्ने वडाको संख्या ३ पुगेको छ।

प्रभावशाली युवा नेताको रुपमा परिचित अधिकारीले १ सय ८९ मतान्तरले प्रतिद्वन्दी कांग्रेसका योगेन्द्र अर्याललाई पछि पर्दै बिजयी भएका छन् । अधिकारीको ७ सय ६२ मत, कांग्रेसका योगेन्द्र अर्यालले ५ सय ७३ मत प्राप्त गरेका छन्।

त्यस्तै, नेकपा एमालेको किशोर बर्तौलाको ५ सय २१ मत, नेकपा (एकीकृत समाजवादी) को १५ मत र राप्रपाले ४३ मत प्राप्त गरेका थिए ।

हाल सम्म मनहरी गाउँपालिकामा वडा नम्बर १ मा नेपाली कांग्रेसको शिब प्रसाद खनाल, वडा नम्बर २ मा नेकपा माओवादी केन्द्रको राजकुमार पाख्रिन, वडा नम्बर ३ मा नेपाली कांग्रेसका अनन्त प्रकाश अर्याल, वडा नम्बर ४ मा नेकपा माओवादी केन्द्रको प्रकाश थापा बिजयी भएका छन्।

पालिका तर्फ गठबन्धनको अग्रता कायमै
मनहरी गाउँपालिका तर्फ गठबन्धनको अग्रता कायमै रहेको छ । गठबन्धनका नेपाली कांग्रेसले ९ सय ३० मत प्राप्त गरेको छ । गठबन्धन कै उपाध्यक्ष नेकपा माओवादी केन्द्रले ८ सय ३३ मत प्राप्त गरेका छन् ।

त्यस्तै, एमालेको ५ सय मत, नेकपा (एकीकृत समाजवादी) को १ सय ९२ मत, राप्रपाको २४ मत र स्वतन्त्र (गुलाफ) १ ले प्राप्त गरेका थिए । त्यस्तै गरि, उपाध्यक्ष तर्फ नेकपा एमालेको ५ सय ५२ मत, नेकपा (एकीकृत समाजवादी) को १ सय ८१ मत र राप्रपाले २२ मत प्राप्त गरेको छ।

स्थानीय तह निर्वाचन :
मनहरी वडा नम्बर ५ को कुल २०१० अन्तिम मत परिणाम
गाउँपालिका अध्यक्ष :
नेकपा एमाले – ५००
नेपाली कांग्रेस – ९३०
नेकपा (एकीकृत समाजवादी) – १९२
राप्रपा – २४
स्वतन्त्र (गुलाफ) – १

उपाध्यक्ष :
नेकपा एमाले – ५५२
नेकपा माओवादी – ८३३
नेकपा(एकीकृत समाजवादी) – १८१
राप्रपा – २२

वडाअध्यक्ष :
नेकपा एमाले – 521
नेपाली कांग्रेस – ५७३
नेकपा माओवादी – 762 बिजयी
नेकपा(एकीकृत समाजवादी) – १५
राप्रपा – ४३

महिला सदस्य
नेकपा एमाले – ५४३
नेपाली कांग्रेस – ५७५
माओवादी केन्द्र – ६२१ बिजयी
नेकपा (एकीकृत समाजवादी) – १०६

दलित महिला सदस्य
नेकपा एमाले – ५३९
नेपाली कांग्रेस – ५७६
माओवादी केन्द्र – ६२३ बिजयी
नेकपा (एकीकृत समाजवादी) – ८२

खुल्ला सदस्य
नेकपा एमाले – ५१२
नेपाली कांग्रेस – ५८६ बिजयी
माओवादी केन्द्र – ५६५ बिजयी
नेकपा (एकीकृत समाजवादी) – १३१
राप्रप्रा – २८

खुल्ला सदस्य दुई
नेकपा एमाले – ५०३
नेपाली कांग्रेस – ४४२
माओवादी केन्द्र – ५४९
नेकपा (एकीकृत समाजवादी) – १५६
राप्रप्रा – ६२

यसमा तपाइको मत

Your email address will not be published.


*