हेटौंडा उपमहानगरमा लामाको अग्रता कायमै

तामसालिङ खबर
४ जेष्ठ २०७९, बुधबार १३:५५

जेठ, हेटौंडा – हेटौंडा उपमहानगरमा ३७ हजार ९ सय ९४ मत गणना हुँदा गठबन्धनका तर्फबाट मेयरका उम्मेदवार रहेकी एकीकृत समाजवादीकी मीनाकुमारी लामाले अग्रता कायमै राखेकी छन् । पछिल्लो मत परिणाम अनुसार उनले ११ हजार ८ सय ७९ मत प्राप्त गरेकी छन् ।

लामालाई पछ्याइरहेका राप्रपाका दीपकबहादुर सिंहले ११ हजार ४५ मत पाएका छन् । एमालेका अनन्त पौडेलले १० हजार ७ सय ४४ मत प्राप्त गरेका छन् । अझै ३२ हजार मत गणना हुन बाँकी छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*