मकवानपुरको बागमती गाउँपालिकाको नेतृत्वमा पुन: सर्केश घलान

तामसालिङ खबर
७ जेष्ठ २०७९, शनिबार ०६:४७

जेठ, हेटौंडा – मकवानपुरको पुर्बी क्षेत्रको बागमती गाउँपालिका सत्तारुढ गठबन्धनतर्फ नेकपा माओवादी केन्द्रका उम्मेदवार सर्केश घलान (मधु) प्रमुखमा र नेपाली कांग्रेसका उम्मेदवार फणिन्द्र तिमल्सिना उपप्रमुखमा निर्वाचित भएका हुन् ।

सर्केशले नेकपा एमालेका उम्मेदवार खेम जर्गामगरलाई पराजित गरेका हुन् । सर्केशले ७ हजार ३८४ मत प्राप्त गरेका थिए । पराजित खेमले ६ हजार १ सय ६६ मत प्राप्त गरेका थिए । सर्केश यसअघि पनि पालिकाको अध्यक्ष थिए ।

उपाध्यक्षमा विजयी भएका फणिन्द्रले ७ हजार ९३५ मत प्राप्त गरेका थिए । उपमेयरमा पराजित नेकपा एमालेकी धनमाया स्याङ्तानले ४ हजार ६६९ मत प्राप्त गरेकी  थिइन् । बागतीमा माओवादीले ५ वटा, एमालेले ३ वटा र कांग्रेसले एउटा वडामा विजयी हात पारेको थियो ।

 

यसमा तपाइको मत

Your email address will not be published.


*