११ खेलाडी बिनै एसियन कप टोली

तामसालिङ खबर
७ जेष्ठ २०७९, शनिबार ०७:५२

जेठ, काठमाडौं – आसन्न एसियन कप छनोटका लागि नेपाली फुटबल टोली घोषणा भएको छ। कप्तान किरण चेम्जोङ सहित प्रशिक्षण बाहिर रहेका ११ खेलाडीलाई बाहिरै राखेर टोली घोषणा भएको हो।

मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले शुक्रबार २३ सदस्यीय अन्तिम टोली घोषणा गरे। अलमुताइरीकै कारण प्रशिक्षण क्याम्प छाड्न बाध्य भएका १० खेलाडी र माल्दिभ्सको लिग खेलिरहेका कप्तान तथा गोलरक्षक किरण चेम्जोङ टोलीमा छैनन्।

प्रशिक्षक अल्मुताइरीले यसअघि नै आसन्न एसियन कप छनोटका लागि उनीहरू आफ्नो टिममा नअट्ने प्रष्ट पारिसकेका थिए। राष्ट्रिय टोलीका कप्तान किरणकुमार लिम्बू, सुजल श्रेष्ठ, रोहित चन्द, अनन्त तामाङ, अञ्जन विष्ट, तेज तामाङ, सुमन लामा, विशाल राई, विमल घर्तीमगर, विशाल श्रेष्ठलाई बाहिर टिममा नअटाएका हुन्।

विकास तामाङ, शिव गुरुङ, निरकुमार राई र रोशन रानामगरले पहिलोपल्ट राष्ट्रिय टोलीमा स्थान बनाएका छन्। कम अनुभवी नेपाली टोलीले एसियाली पावर हाउस देशसँग एसियन कप छनोट तेस्रो चरणमा प्रतिस्पर्धा गर्नु पर्नेछ।

नेपाली टोलीमा गोलरक्षक दीप कार्की, विशाल सुनार र टिकेन्द्रसिंह थापा छन्। डिफेन्डर विकास खवास, विकास तामाङ, गौतम श्रेष्ठ, राजन गुरुङ, शिव गुरुङ र सुमन अर्याल रहेका छन्। यसैगरी मिडफिल्डर आकाश बुढा मगर, एरिक विष्ट, निरकुमार राई, पूजन उपरकोटी, रोशन रानामगर, सन्तोष तामाङ, सेसेहाङ आङ्देम्वे, सुनील बल र सुरज ठकुरी टोलीमा छन्। फरवार्डमा आयुष घलान, दर्शन गुरुङ, जर्ज प्रिन्स कार्की, मनिष डाँगी र नवयुग श्रेष्ठ रहेका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*