यी हुन्, तामाङ समुदायबाट मकवानपुरमा निर्वाचित भएका ६२ जना जनप्रतिधि (नामावली सहित)

तामसालिङ खबर
१२ जेष्ठ २०७९, बिहीबार ०९:१५

जेठ, हेटौडा – बैशाख ३० गते सम्पन्न भएको स्थानीय तहको निर्वाचनको मतगणना कार्य पनि सम्पन्न भएको छ । मतगणनाको मत परिणाम पछि बिजयी भएका नवनिर्वाचित जनप्रतिनिधिहरु बिजयी र्याली र जनताको घरदैलोमा पुगी धन्यबाद भन्नमा ब्यस्त छन्।

मकवानपुर तामाङ्ग समुदायको बाहुल्य जिल्ला हो । यस पटकको स्थानीय तहको निर्वाचनमा ६२ जना तामाङ्ग समुदायका जनप्रतिनिधि बिजयी भएका छन्। मकवानपुरको १ सय २ वडा मध्ये १ मयेर, ४ पालिका अध्यक्ष, ३ उपाध्यक्ष र ५४ वडाअध्यक्ष सहित जम्मा ६२ जना तामाङ जनप्रतिनिधिहरु बिजयी भएका छन् ।

तामाङ समुदायबाट निर्वाचित भएका जनप्रतिनिधिमा सबैभन्दा बढी कैलाश र बकैया गाउँपालिकामा निर्वाचित भएका छन्। कैलाशमा अध्यक्ष सहित ९ जना वडा अध्यक्ष निर्वाचित भएका छन् भने बकैयामा १० जना वडा अध्यक्ष निर्वाचित भएका छन्।

त्यस्तै, भीमफेदीमा अध्यक्ष सहित ६ जना वडा अध्यक्ष, थाहा नगरमा ६ जना वडाअध्यक्ष, बागमतिमा अध्यक्ष सहित ५ जना, राक्सिराङमा उपाध्यक्ष सहित ५ जना, मकवानपुर गढीमा अध्यक्ष, उपाध्यक्ष सहित ४ जना, हेटौडा उपमहानगरमा मेयर सहित ४ जना, इन्द्रसरोबरमा उपाध्यक्ष सहित ३ जना र मनहरीमा २ जना गरि ६२ जना तामाङ समुदायबाट निर्वाचित भएका हुन्।

यी, हुन् मकवानपुरमा तामाङ समुदायबाट निर्वाचित भएका जनप्रतिनिधिहरु :

१) हेटौडा उपमहानगरपालिका – मेयर – मिनाकुमारी लामा (एकीकृत समाजवादी)
२) बागमती गाउँपालिका – अध्यक्ष – सर्केश घलान ‘मधु’ (माओवादी केन्द्र)
३) भीमफेदी गाउँपालिका – अध्यक्ष – हिदम लामा (नेकपा एमाले)
४) मकवानपुर गढी गाउँपालिका – अध्यक्ष – दोर्जे लामा स्याङ्तान (नेपाली कांग्रेस)
५) कैलाश गाउँपालिका – अध्यक्ष – लोकबहादुर मुक्तान (नेपाली कांग्रेस)
६) इन्द्रसरोबर गाउँपालिका – उपाध्यक्ष – उमाकुमारी लामा (नेकपा एमाले)
७) राक्सिराङ्ग गाउँपालिका – उपाध्यक्ष – बनस्तम थिङ (माओवादी केन्द्र)
८) मकवानपुर गढी – उपाध्यक्ष – मनकुमारी पाख्रिन (नेपाली) (माओवादी केन्द्र)
९) बागमती – ३ कमानसिं पाख्रिन (माओवादी)
१०) बागमती – ५ विजय भ‍ोलन (माओवादी)
११) बागमती – ६ टेकबहादुर डिम्डुङ्ग (एमाले)
१२) बागमती – ७ उत्तर कुमार भ्लोन (कांग्रेस)
१३) बागमती – ९ पूर्णराम घलान (एमाले)
१४) बकैया – १ आशिश तितुङ (माओवादी)
१५) बकैया – २ विश्वराज स्याङतान (माओवादी)
१६) बकैया – ३ भुमलसिं घलान (एमाले)
१७) बकैया – ५ लक्ष्मी जिम्बा (कांग्रेस)
१८) बकैया – ६ फुलबहादुर भोम्जन (एमाले)
१९) बकैया – ७ मानबहादुर सिन्तान (माओवादी)
२०) बकैया – ८ विष्णु नेगी (माओवादी)
२१) बकैया – ९ टंकध्वज लोप्चन (कांग्रेस)
२२) बकैया – १० कमला कुमारी वाइवा (कांग्रेस)
२३) बकैया – ११ गोपाल ङ्ग्यसुर (कांग्रेस)
२४) इन्द्रसरोवर – ३ प्रताप भोम्जन (एमाले)
२५) इन्द्रसरोवर – ४ चन्द्रकुमार बल (एमाले)
२६) ईन्द्रसरोवर – ५ दुधराज तितुङ (कांग्रेस)
२७) भीमफेदी – १ सोमबहादुर स्याङ्तान (कांग्रेस)
२८) भीमफेदी – २ काशीराम बज्यु (एमाले)
२९) भीमफेदी – ३ प्रितिलाल लामा (माओवादी)
३०) भीमफेदी – ५ जाहारसिं लामा (एमाले)
३१) भीमफेदी – ६ सोमबहादुर घलान (कांग्रेस)
३२) भीमफेदी – ८ बिष्णुबहादुर लामा (एमाले)
३३) थाहा नगर – २ बमबहादुर सिंतान (माओवादी)
३४) थाहा नगर – ४ नारायण लामा (माओवादी)
३५) थाहा नगर – ७ शिवराज गोले (कांग्रेस)
३६) थाहा नगर – ८ हेमकुमार थिङ (एमाले)
३७) थाहा नगर – ११ दिनेश बल (माओवादी)
३८) थाहा नगर – १२ टिकाराम स्याङ्तान (कांग्रेस)
३९) राक्सिराङ – १ बाबीराम मुक्तान (एमाले)
४०) राक्सिराङ – २ बुद्धराम मुक्तान (कांग्रेस)
४१) राक्सिराङ – ३ उत्तम वाइवा (एमाले)
४२) राक्सिराङ – ६ अक्कलबहादुर मोक्तान (माओवादी)
४३) राक्सिराङ – ९ रामकुमार वाल्बा थिङ (कांग्रेस)
४४) मकवानपुरगढी – १ आइत सिं लो (कांग्रेस)
४५) मकवानपुरगढी – २ बखानसिं पाख्रिन (कांग्रेस)
४६) मकवानपुरगढी – ७ सूर्यबहादुर रूम्बा (कांग्रेस)
४७) मकवानपुरगढी – ८ कुमार घिसिंङ (कांग्रेस)
४८) हेटौंडा उपमहानगर – १० फुर्वादोर्जे लामा (एमाले)
४९) हेटौंडा उपमहानगर – १२ ललित बहादुर घलान (माओवादी)
५०) हेटौंडा उपमहानगर – १३ पेम्बा लामा (एमाले)
५१) हेटौंडा उपमहानगर – १५ सुनिल मोक्तान (एमाले)
५२) कैलाश – १ तेज बहादुर ब्लोन (कांग्रेस)
५३) कैलाश – २ राजेन्द्र तामाङ घिसिङ (कांग्रेस)
५४) कैलाश – ३ देवलाल बल (माओवादी)
५५) कैलाश – ४ तिलकबहादुर मोक्तान (माओवादी)
५६) कैलाश – ५ छेकु लामा (एमाले)
५७) कैलाश – ६ रामबहादुर गोङ्वा (एमाले)
५८) कैलाश – ७ उदास कुमार भोलन (कांग्रेस)
५९) कैलाश – ९ भुवनसिं घलान (कांग्रेस)
६०) कैलाश – १० सूर्य बहादुर ब्लोन (एमाले)
६१) मनहरी – २ राजकुमार पाख्रीन (माओवादी)
६२) मनहरी – ७ ठाकुरराम तितुङ (कांग्रेस)

 

 

 

 

यसमा तपाइको मत

Your email address will not be published.


*