पशुपति माबिका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण

तामसालिङ खबर
२१ जेष्ठ २०७९, शनिबार ०६:२१

जेठ, हेटौडा (मनहरी) – मनहरी गाउँपालीका वडा नम्बर ४ मा रहेको श्री पशुपती माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई शुक्रवार शैक्षीक सामाग्री हस्तान्तरण गरीएको   छ ।

४ नम्बर वडाअध्यक्ष प्रकाश थापाको प्रमुख आतिथ्यतामा लायन्स क्लव अफ दिव्यश्वरी र प्रेरणा महिला समुह स्युचाटारको संयुक्त रुपमा शैक्षीक सामाग्री हस्तान्तरण गरीएको हो । समाजसेवी ईश्वर थापाको पहलमा उक्त विद्यालयका शिशु, १ र २ कक्षामा अध्ययनरत ५१ विद्यार्थीहरुलाई शैक्षीक सामाग्री हस्तान्तरण गरीएको छ।

सामाजीक कार्यमा सकृय थापाले प्रेरणा महिला समुह स्युचाटारसँग समन्वय गरी यस अघि विभीन्न समयमा गरीब परिवारलाई लत्ता कपडा वितरण गर्नुभएको थियो । यस अघि मनहरी ६ र ९ नं वडामा ७ सय मानीसहरुलाई लत्ता कपडा वितरण गरीएको समाजसेबी थापाले बताउनुभयो ।

ग्रामीण भेगका विद्यार्थीहरु शैक्षीक सामाग्री अभावका कारण पठन पाठनबाट वञ्चीत हुने वातावरण श्रृजना नहुन उक्त सामाग्री वितरण गरीएको थापाको भनाई छ । आगामी दिनमा पुन: समन्वय गरी आवश्यकता अनुसार सहयोग गर्ने उहाँले बताउनुभयो ।

शैक्षीक सामाग्री हस्तान्तरण कार्यक्रममा लायन्स क्लव अफ दिव्यश्वरीका प्रेसीडेन्ट विनोद श्रेष्ठ, प्रेरणा महिला समुह स्युचाटारका अध्यक्ष सीर्जना सुवेदि, ४ नं वडा सदस्य तथा कार्यपालीका सदस्य मिरा खत्री, पशुपती माविका प्रधानाध्यापक भानुभक्त आचार्य लगायतको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*