बक्तृत्वकलामा चन्द्रोदयकी प्रेरणा तामाङ प्रथम

तामसालिङ खबर
२२ जेष्ठ २०७९, आईतवार १०:४०

जेठ, हेटौडा – हेटौंडा उपमहागरपालिका वडा नंम्बर ६ चौघडामा रहेको रानी सामुदायिक वन उपभोक्ता समूह र हेटौँडा उपमहानगरपालिका टोल विकास संस्था नगर समन्वय समितिको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ ।

५० औं विश्व वातावरण दिवसको अवसरमा शनिबार वन डढेलो नियन्त्रणमा सरोकारवालाहरुको भुमिका विषयक माध्यमिक विद्यालयस्तरीय बक्तृत्वकला प्रतियोगिता भएको हो । प्रतियोगितामा हेटौँडा–८ मा रहेको चन्द्रोदय माविकी प्रेरणा तामाङ प्रथम, मकवानपुरगढी–२ मा रहेको चण्डिमा माविकी प्रजिना विक दोस्रो, हेटौँडा–१७ मा रहेका राजदेवी माविकी प्रतिक्षा लम्साल तृतिय भएकी छन् ।

प्रतियोगितामा प्रथम हुनेले नगद ५ हजार, दोस्रोले ४ हजार, तेस्रोले ३ हजार प्रमाणपत्र प्राप्त गरेका छन् । प्रतियोगिताको निर्णायकमा सुनिल शिवाकोटी र नानीमाया रुम्बा रहेका थिए ।

हेटौँडा उपमहानगरपालिकाका मिना कुमारी लामाको प्रमुख आतिथ्यता एवं समूहका अध्यक्ष बिष्णु प्रसाद न्यौँपानेको अध्यक्षतामा कार्यक्रम भएको हो ।

कार्यक्रममा हेटौँडा वडा नम्बर ६ का वडा अध्यक्ष बिष्णु बहादुर दाहाल,६ नम्बर वडा सदस्यहरु विजय पौडेल,लेखराज ढकाल, सरिता सापकोटा, मुना विक, सामुदायि वन उपभोक्ता महासंघ मकवानपुरका अध्यक्ष साधुराम चौलागाई, वनमा उपाध्यक्ष केशव धिताल, कार्यालय सचिव भीमसेन पौडेल लगायतले मन्तव्य व्यक्त गरेका थिए । प्रतियोगितामा ८ विद्यालयका १५ विद्यार्थीहरुले सहभागिता जनाएका थिए ।4

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*