हेटौंडाको भैरवडाँडामा बन्यो धरहरा
जेठ, हेटौडा – मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्बर १ स्थित भैरवडाँडामा पर्यटकलाई आकर्षित गर्न १८ फिट उचाइको धरहरा निर्माण गरिएको छ । पाथिभरा मन्दिर नजिकै काठमाडौंको जस्तैै धरहरा निर्माण गरिएको हो ।
धरहरा हेटौंडा उपमहानगरपालिकाको आर्थिक सहयोगमा निर्माण भएको हो । करिब १६ लाख बजेटमा उक्त धराहरा सहित पाथिभरा मन्दिर जाने सडक र मन्दिरमा शौचालय बनेको छ ।






