कबड्डी ४ युट्युबमा लिक

तामसालिङ खबर
२४ जेष्ठ २०७९, मंगलवार ०६:४१

जेठ, काठमाडौं – जेठ १३ प्रदर्शनमा आएको नेपाली कथानक चलचित्र ‘कबड्डी ४’ युट्युबमा लिक भएकाे छ । चलचित्रको क्लिप खिचेर अनलाइनमा नहाल्न अनुरोध र ताकेता गर्दागर्दै पनि पूरा चलचित्र नै युट्युबबाट बाहिरिएको हो ।

‘दयाहाङ राई सपोर्ट रम्पा इन्टरटेनमेन्ट’ नामको युट्युब च्यानलमा चलचित्रको हलमा खिचिएको भिडिओ पोस्ट भएको छ । च्यानलमा चलचित्रको डेढ घण्टाको भिडिओ हालिएको छ । याे समाचार तयार पार्दासम्म भिडिओमा ४७ हजार ३६७ भ्युज आइसकेको छ ।

यसैगरी ‘युके योन्जन’ नामकाे युट्यबु च्यानलमा पनि हलमा खिचिएको एक घण्टा छ मिनेटको भिडिओ अपलाेड भएकाे छ । जेठ १४ गते पोस्ट गरिएको उक्त भिडिओमा याे समाचार तयार पार्दासम्म एक लाख ८४ हजार ३२२ भ्युज आएको छ ।

चलचित्र निर्माण तथा वितरक टोली भने पाइरेसी घटनामा बेखबर भएकाे पाइएकाे छ । ‘हलमा गएर चलचित्र हेर्ने दर्शकले क्लिपहरू खिचेर फेसबुक, टिकटक लगायत अनलाइन प्लेटफर्ममा क्लिपहरू हाल्दा चलचित्र क्षेत्र मारमा पर्छ । – टेकपाना

यसमा तपाइको मत

Your email address will not be published.


*