काठमाडौंको फोहोर आजबाट उठ्ने

तामसालिङ खबर
२४ जेष्ठ २०७९, मंगलवार ०६:५०

जेठ, काठमाडौं – काठमाडौं महानगरपालिकाभित्र थुप्रिएको फोहोर आजदेखि उठ्ने भएको छ । सहरी विकास मन्त्रालयमा सोमबार भएको वार्तामा स्थानीयका माग सम्बोधन गर्ने गरी फोहोरमैला व्यवस्थापन गर्न सहमति भएको हो ।

सोमबार शहरी विकास मन्त्रालयमा मन्त्री रामकुमारी झाँक्री, काठमाडौं महानगरका प्रमुख वालेन्द्र शाह, उपप्रमुख सुनिता डंगोललगायतको रोहबरमा मंगलबार बिहानदेखि थुप्रिएको फोहोर उठाउने सहमति भएको हो ।

सहरी विकासमन्त्री रामकुमारी झाँक्रीको रोहबरमा बसेको काठमाडौँ महानगरपालिका, ककनी गाउँपालिका र धुनीबेँसी नगरपालिकाका प्रतिनिधिबीचको बैठकले स्थानीयवासीका माग तथा सर्त पूरा गर्नेगरी फोहोर व्यवस्थापनमा सहमति जुटाएको हो । सहमति पत्रमा महानगरपालिकाकाले प्रभावित क्षेत्रका वासिन्दाको स्वास्थ्य बीमा एक हप्तामा सुरु गर्ने भनिएको छ ।

सहमतिअनुसार बन्चरेडाँडाको ल्यान्डफिल साइट प्रभावित क्षेत्रमा सहरी विकास मन्त्रालयबाट आगामी आर्थिक वर्ष २०७९/०८० का लागि विभिन्न पाँचवटा सडकका लागि ४२ करोड ५० लाख, नदी नियन्त्रण कार्य, सामुदायिक भवन, मन्दिर निर्माण र वृक्षरोपण कार्यक्रमका लागि एक करोड ७० लाख विनियोजनको प्रतिबद्धता जनाइएको छ ।

वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदनको सिफारिसका आधारमा प्रभावित क्षेत्रका स्थायी बासिन्दाका लागि १० श(याको अस्पताल सञ्चालन गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई अनुरोध गर्ने सहमति भएको छ ।

काठमाडौँ महानगरपालिकाका तर्फबाट धुनीबेँसी नगरपालिकाका वडा नं. १, ३, ४ र ककनीका वडा नं १, २ र ३ का प्रभावित क्षेत्रका स्थायी बसोवास गरिरहेका बासिन्दालाई नेपाल स्वास्थ्य बीमा बोर्डबाट विधि र प्रक्रिया पूरा गरी दोहोरो नपर्नेगरी स्वास्थ्य बीमा गर्ने सहमति भएको छ । उक्त काम एक हप्ताभित्रै सुरु गर्ने सहमति भएको छ ।

ती क्षेत्रका प्रभावित क्षेत्रका वडाहरूको पूर्वाधार विकासका लागि विगतमा उपलब्ध गराउँदै आएको अनुदानलाई निरन्तरता दिने, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञाप्रतिष्ठानको प्रतिवेदनलाई आधार मानी १० दिनभित्र रासायनिक वा जैविक उपचार गरी दुर्गन्ध हटाउने कार्यको प्रारम्भ गर्ने सहमति भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*