मनहरीको पुर्वपश्चिम राजमार्ग छेउमा एक व्यक्ति मृत अबस्थामा फेला

तामसालिङ खबर
२४ जेष्ठ २०७९, मंगलवार ०९:४७

जेठ, हेटौंडा – पुर्वपश्चिम राजमार्गको मनहरीमा एक व्यक्ति मृत भेटिएका छन् । मनहरी गाउँपालिका वडा नम्बर – ६ डिपार्टमा उक्त व्यक्ति किचिएको अवस्थामा मृत भेटिएको मकवानपुर प्रहरीले जनाएको छ ।

घटनाको प्रकृति हेर्दा उनलाई कुनै सवारीले किचेको देखिएको प्रहरीले अनुमान गरेको छ । मृतक भारतीय नागरिक जस्तो देखिएको र सडक छेउमा पार्किङ गरेको सवारी मुनी सुतेको अवस्थामा सोही सवारीले किचेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।

मृतकको पहिचान नखुलेको र उक्त सवारीको खोजी कार्य गर्दै घटनाको आवश्यक अनुसन्धान सुरु गरेको मकवानपुर प्रहरीले जनाएको छ ।शवको मुचुल्का गरी पोस्टमार्टममा लागी हेटौंडा ल्याइएको बुझिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*