एसियन कप छनोट अन्तर्गत नेपाल कुवेतसँग पराजित

तामसालिङ खबर
२९ जेष्ठ २०७९, आईतवार ०५:२२

जेठ, एजेन्सी – एएफसी एसियन कप छनोट अन्तर्गत समूह चरणको दोस्रो खेलमा नेपाल घरेलु टोली कुवेतसँग ४–१ गोलले पराजित भएको छ ।

शनिबार राती कुवेतको जाबेर अह अहमेद ईन्टरनेशनल स्टेडियममा सम्पन्न खेलमा नेपाल कुवेतसँग पराजित भएको हो । कुवेतका लागि युसुफ अल सुलाईमानले ४८ र ७० मिनेटमा गोल गरे ।

त्यस्तै, फहल अल रासपदीले २८ र मुबारक अल फानेनीले ७३ मिनेटमा गोल गरे । समूहमा नेपालको यो लगातार दोस्रो हार हो । नेपालका लागि दर्शन गुरुङले ईन्जुरी टाईममा सान्त्वना गोल फर्काए । पहिलो खेलमा नेपाल जोर्डनसँग २–० ले पराजित भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*