जन प्रतिनिधिहरु संग स्वागत एबं परिचयात्मक कार्यक्रम

तामसालिङ खबर
३० जेष्ठ २०७९, सोमबार ०५:३३

जेठ, हेटौडा – ग्रामीण महिला सेवा केन्द्र, परिवर्तनका संवाहक कक्षा व्यवस्थापन समिती, तथा विभिन्न युवा संजालहरुको संयुक्त आयोजनामा मकवानपुरगढी, मनहरी, बागमती गाउँपालिका र हेटौडा उपमहानगर पालिकाका विभिन्न वडामा निर्वाचित जन प्रतिनिधिहरुलाई स्वागत एबं परिचयात्मक कार्यक्रम सम्पन्न गरेको छ ।

सो अवसरमा ग्रामीण महिला सेवा केन्द्रका कार्य समित, परिवर्तनका संवाहक कक्षा व्यवस्थापन समिती तेस्तै संजालमा मकवानपुरगढी २ र ५ को सक्षम र सफलता युवा संजाल, मनहरी ३ र ५ को हाँडीखोला र सृजनसिल युवा संजाल, बागमती ७ र ८ को पाथिभारा र शान्ति युवा संजाल हेटौडा ३ को बसामाडी १२ को मेलमिलाप र एकता १३ को मौसम १४ को सौगात १५ को संयुक्त र चुरियामाई र १९ को नेवारपानी युवा संजालले आ-आफ्नो वडा प्रतिनिधिहरुलाई अबिर र खादा लगाएर स्वागत गर्नुभएको थियो भने मनहरी गाउँपालिका र बागमती गाउँपालिकामा भने पालिका स्तरीय कार्यक्रम संचालन गरिएको ग्रामीणका कार्यक्रम संयोजक दिपक न्यौपानेले बताउनु भयो।

संजालको तर्फबाट सम्बन्धित वडा अध्यक्ष एबं पालिका अध्यक्ष समक्ष आगामी दिनहरुमा पालिका तथा वडाले योजनामा समेट्नुपर्ने आफ्ना माग सहित अनुरोध पत्र बुझाउनु भएको थियो उक्त अनुरोध पत्र बुझ्नुहुदै अध्यक्ष ज्युहरुबाट आगामी दिनहरुमा अनुरोध पत्रको माग सम्बोधन हुने गरि कार्य योजना गर्ने प्रतिवद्धता ब्यक्त गर्नु भएको न्यौपानेले बताउनुभयो ।

कार्यक्रममा महिला सेवा केन्द्रका कार्य समित, परिवर्तनका संवाहक कक्षा व्यवस्थापन समिती, युवा संजालका सदस्यहरु ग्रामीणका एस.वि.सि .सि सहजकर्ता अमिर दहाल, सुपरभाईजर रोजिता दंगाल लगाएतकाको उपस्थिती रहेको थियो । कार्यक्रम जुन २ देखी ९ तारिख सम्म सञ्चालन भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*