विजय युथका अशोक बरालले जिते बुलेट मोटरसाइकल

तामसालिङ खबर
३० जेष्ठ २०७९, सोमबार १९:२०

जेठ, हेटौडा – चौथो संस्करणको स्थानीय तह सहीद स्मृती मकवानपुर गोल्डकप प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घरेलु टोली विजय युथ क्लबका अशोक बराल घोषित भएका छन् ।

प्रतियोगिताकै सर्वोष्कृष्ट खेलाडी घोषित भएका अशोकले रोयल इन्फिल्ड बुलेट बाईक जित्न सफल भएका छन् । खेल निरीक्षकको निर्णय र दर्शकको मतको आधारमा अशोकले बुलेट बाइक पाएका हुन् ।

यसअघि तेस्रो संस्करणमा घरेलु टोलीकै अमिर श्रेष्ठले बुलेट मोटरसाइकल पाएका थिए । अशोकले ब्यक्तिगत रुपमा उत्कृष्ट प्रर्दशन गरेपनि टोलीलाई उपाधि भने दिलाउन सकेनन् ।

प्रतियोगिताको उप–विजेता बनेको विजय युथलाई फालइनलमा पु¥याउनको लागि महत्वपूर्ण योगदान गरेका थिए । यसअघि क्वाटरफाइनल र सेमिफाइनमा उत्कृष्ट खेलमा उनले एक गोल पनि खाएका थिएनन् ।

सर्वोत्कृष्ट खेलाडीको लागि हेटौंडा स्कूल अफ म्यानेजमेण्टका सञ्चालक पुरणबहादुर जोशीले मुल्य ६ लाख मूल्य बराबरको बुलेट बाइकको व्यवस्था गरेका थिए । गोल्डकप फुटबलमा सर्वोत्कृष्ट खेलाडीको लागि दिइने यो सबैभन्दा ठूलो पुरस्कार राशी हो ।

यसमा तपाइको मत

Your email address will not be published.


*