बागमती प्रदेशका तामाङ जनप्रतिनिधिलाई घेदुङद्वारा सम्मान

तामसालिङ खबर
३१ जेष्ठ २०७९, मंगलवार १८:३९

जेठ, हेटौडा – स्थानीय तहको निर्वाचनबाट निर्वाचित तामाङ जनप्रतिनिधिहरुलाई सम्मान गरिएको छ । नेपाल तामाङ घेदुङ बागमती प्रदेश समितिले बागमती प्रदेशका विभिन्न स्थानीय तहमा निर्वाचित हुन सफल प्रमुख, उपप्रमुख तथा वडाअध्यहरुलाई सम्मान गरेको हो ।

बागमती प्रदेशमा एक उपमहानगरपालिका, विभिन्न नगरपालिका र गाउँपालिका गरि ७८ जना तामाङ प्रमुख तथा उपप्रमुख रहेको छ । बागमती प्रदेशका सामाजिक बिकासमन्त्री कुमारी मोक्तानको प्रमुख आतिथ्यतामा आयोजित सम्मान कार्यक्रममा नेपाल तामाङ घेदुङका संघीय महासचिव काजीमान थिङ, संघीय सदस्यहरु सुवास लामा, मेम्बर लामा लगायतको उपस्थिति थियो ।

कार्यक्रममा थिङले स्थानीय सरकारको कार्यकारी नेतृत्वमा पुगेका तामाङहरुले आफ्नो समुदाय, भाषा र सँस्कृतिमैत्री निति कार्यक्रम निर्माण गर्न आग्रह गरे । उनले बिकास र परिवर्तनका निम्ति शिक्षा महत्वपुर्ण रहेकाले तामाङ बाहुल्य स्थानीय तहहरुमा मातृभाषाको पाठ्यक्रम निर्माण गर्ने र अध्ययन गराउनुपर्ने अभियान थाल्न जोड दिए ।

कार्यक्रम नेपाल तामाङ घेदुङ बागमती प्रदेश कमिटि अध्यक्ष लिलाकुमार घलानको अध्यक्षतामा भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*