मकवानपुरको मनहरी र सिन्धुलीमा नयाँ औद्योगिक क्षेत्र निर्माण गरिने
असार, हेटौंडा – बागमती प्रदेश सरकारले सिन्धुली र मकवानपुरमा नयाँ औद्योगिक क्षेत्र निर्माणका लागि बजेट व्यवस्था गर्ने भएको छ ।
आगामी आर्थिक वर्ष २०७९/८० को लागि बजेट प्रस्तुत गर्दै प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जम्कट्टेलले मकवानपुरको मनहरि र सिन्धुलीको हरिहरपुरगढीमा नयाँ औद्योगिक क्षेत्र निर्माण गर्न १३ करोड ६५ लाख रुपैयाँ बजेट विनियोजन गर्ने बताएका हुन् ।






