जिसस मकवानपुरको प्रमुखमा घलान निर्वाचित, उपप्रमुखमा लुईटेल

तामसालिङ खबर
२ असार २०७९, बिहीबार १६:३३

असार, हेटौडा – जिल्ला समन्वय समिति (जिसस) मकवानपुरको प्रमुखमा गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रका ललितबहादुर घलान घलान विजयी भएका   छन् ।

बिहीबार भएको निर्वाचनमा १७ मत सहित घलान प्रमुखमा निर्वाचित भएका छन् । उनका प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार बुद्धिराम डिम्डुङले ३ मत प्राप्त गरेका छन् ।

त्यस्तै, उपप्रमुखमा नेपाली कांग्रेसका सानुकाजी लुईटेल निर्विरोध निर्वाचित भैसकेका थिए । जिससको सदस्यतर्फ गठबन्धनका उम्मेदवारहरु निर्वाचित भएका छन् ।

महिला सदस्यमा तारा ढुङ्गाना, विष्णुमाया थपलिया र सुमित्रा थिङले १७ मत प्राप्त गर्दै निर्वाचित भएका छन् । उनीहरु नेपाली कांग्रेसबाट उम्मेदवार बनेका थिए । एमालेबाट उम्मेदवार बनेका बिना कुमारी थिङ लामाले ३ मत प्राप्त गरेकी छिन् ।

त्यस्तै, सदस्य तर्फमा खड्ग बहादुर पुलामी, सुवर्ण गोपाली र बिरेन्द्र कुमार लामा निर्वाचित भएका छन् । पुलामी र गोपालीले १७ मत प्राप्त गरेका छन् । उनीहरु माओवादी केन्द्रबाट उम्मेदवार बनेका थिए । नेकपा (एस)बाट उम्मेदवार बनेका लामाले १६ मत प्राप्त गरेका थिए । एमालेका उम्मेदवार तोयानाथ तिमल्सिनाले ३ मत प्राप्त गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*