जनतासंग गरेको बाचा बमोजिम वडा कार्यालयबाटै सामाजिक सुरक्षा भत्ता वितरण गर्ने भएका छौ – वडाअध्यक्ष अधिकारी
साउन, हेटौडा (मनहरी) – पश्चिम मकवानपुरको मनहरी गाउँपालीका वडा नम्बर ५ ले वडा कार्यालयबाटै सामाजिक सुरक्षा भत्ता वितरण गर्ने भएको छ । वडा कार्यालयले सोमबार एक सुचना जारी गर्दै यही साउन ४ र ५ गते सामाजिक सुरक्षा भत्ता वितरण गर्ने भएको हो ।
आर्थिक बर्ष २०७८/७९ को चौथो त्रैमासिक भत्ता ५ नम्बर वडाका लाभग्राहीलाई तोकिएको सांग्रीला बैंकसंग भएको सम्झौता बमोजिम यही साउन ४ र ५ गते बिहान १०:३० बजे देखि ३ बजे सम्म २ दिन सामाजिक सुरक्षा भत्ता वितरण गर्न लागिएको वडा अध्यक्ष दिपेन्द्र अधिकारीले बताउनु भयो।
जनता माझ बोलेको बाचा स-विस्तार पुरा गर्दै लैजाने क्रममा भत्ता वितरण कार्य वडाबाट बैङ्किङ प्रणाली मार्फत गर्ने भएको छ । कार्यालय सम्म पुग्न नसक्ने अशक्त लाभग्राहिलाई घरमै पुगेर प्रकृयागत रुपमा भत्ता वितरण गरीने वडा अध्यक्ष अधिकारीले बताउनु भयो ।
त्यस्तै, संघिय सरकारको राष्ट्रिय परिचय पत्र तथा पन्जिकरण बिभागबाट पठाएको पत्र अनुसार ६८ बर्ष पुरा भएको जेष्ठ नागरिक सामाजिक सुरक्षा भत्ता दिइने भएको छ । पत्रमा उल्लेख भए अनुसार दिन, महिना र सालले ६८ बर्ष पुराएको भएको जेष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ताको फारम भर्ने कार्य पनि शुरु भएको वडा अध्यक्ष अधिकारीले बताउनु भयो।
नया सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न फोटो एक प्रति, नागरिकताको फोटोकपि एक प्रति र बसाईसरी आएको हो भने बसाइसराई पत्रको फोटोकपि एक प्रति लिएर आउन ५ नम्बर वडा बासीलाई वडा अध्यक्ष अधिकारीले अनुरोध गर्नु भएको छ।







