मकवानपुरगढीले विभिन्न पदका लागि २२ जना कर्मचारी माग्यो

तामसालिङ खबर
११ श्रावण २०७९, बुधबार ११:०६

साउन, हेटौडा (गढी) – मकवानपुरगढी गाउँपालिकाले विभिन्न पदको लागि करारका कर्मचारीहरु मागेका छन् । गाउँपालिकाले बुधबार एक सुचना मार्फत २२ जना करारका कर्मचारीको लागि आवेदन अव्हान गरिएको छ ।

सोमबार बसेको गाउँपालिकाको बैठकको निर्णय अनुसार विभिन्न पदका लागि कर्मचारी मागेका हुन् । गाउँपालिकाले ईन्जिनियर (छैठौँ तह) पदको लागि १ जना, सव-ईन्जिनियर ४ जना, अ.न.मी. ३ जना, प्रशासक सेवा अ.न.मी. १ जना, ल्याब असिष्टेण्ट २ जना र कार्यालय सहयोगी ११ जना गरी २२ जना कर्मचारीहरु मागेका छन् ।

ईच्छुक एवम् तोकिएको योग्यता पुगेका नेपाली नागरिकहरुले सुचना प्रकाशित भएको १५ दिन भित्र दरखास्त दिन सक्ने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामकुमार पुडासैनीले जानकारी दिएका छन् ।

कर्मचारीको छनौट लिखित र अन्तरवार्ताबाट हुनेछ । गाउँपालिकाले गत असार ३१ गतेको बसेको बैठकले करारमा नियुक्त कर्मचारीहरुको करार सम्झौताको नविकरण नगर्ने निर्णय गरेको थियो ।

सुचना हेर्नुहोस् –

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*