थाहामा भरुवा बन्दुकसहित एकजना पक्राउ
साउन, हेटौंडा – मकवानपुर प्रहरीले भरुवा बन्दुकसहित थाहा नगरपालिकाका एक जनालाई पक्राउ गरेको छ ।
मंगलबार साँझ विशेष सुचनाको आधारमा प्रहरीले भरुवा बन्दुकसहित एकजना पुरुषलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता टेक बहादुर कार्कीले जानकारी दिनुभयो ।
पक्राउ परेका पुरुषको अहिले प्रहरीले पहिचान खुलाएको छैन । पुरुष सँग बन्दुक लाइसेन्स छ भने बन्दुक लिएर जाने तर लाइसेन्स नभएमा त्यो अवैध हुने प्रवक्ता कार्कीले बताउनुभयो ।
पुरुष सँग लाइसेन्स नभएको पाइएमा हातहतियार खरखजना अन्तर्गत कारबाही हुने उहाँले बताउनुभयो ।






