खुला विश्वविद्यालयमा एक वर्षे बिएडको भर्ना खुल्ला
साउन, काठमाडौ – नेपाल खुला विश्वविद्यालयले एक वर्षे बिएडमा भर्ना खोलेको छ। सेमेष्टर प्रणाली अन्तर्गत पहिलो सेमेष्टरका लागि भर्ना खुला गरिएको हो।
इच्छुकले साउन २३ गतेसम्म फारम भर्न सक्नेछन्। सामाजिक शास्त्र र शिक्षा संकायतर्फ एक वर्षे बिएडमा भर्ना खुलेको हो। अनलाइनबाटै भर्ना फारम भर्न सकिन्छ।







